बैतडीमा एक महिलालाई रातभरि बन्धक बनाएर बलात्कार

बैतडीमा एक महिलालाई रातभरि बन्धक बनाएर बलात्कार गरेको घटना सार्वजनिक भएको छ । जिल्लाको मेलौली नगरपालिकाकी ३० वर्षीया एक महिलामाथि मुख थुनेर रातभर बलात्कार भएको घटना सार्वजनिक भएको हो । 

मेलौली–१ का २६ वर्षीय करनसिंह नेगीले गत माघ २४ गते बलात्कार गरेको खुलेको छ । अपांगता भएकी चार वर्षीया छोरीको बालपोषण भत्ता लिएर एनसिसी बैंकबाट घर फर्किने क्रममा उनलाई बाँझो गोठमा रातभर बलात्कार गरेको खुलेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताए ।

उनको छाती, गाला र शरीरका विभिन्न भागमा घाउ छन् । रातभर बलात्कार गरेर बिहान ३ बजे छाडेर गएको र त्यसपछि मात्र आफूले लुगा लगाउन पाएको पीडितले बताइन् ।   

प्रहरीका अनुसार घटना घटेको झण्डै दुई साता भइसकेको छ । बलात्कारपछि महिलालाई ज्यान मार्ने धम्की पनि दिइएकाले ढिलो गरी घटना सार्वजनिक भएको हो । अहिले नेगीको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।





  • प्रकाशित मिति : फागुन ५, २०७८ बिहीबार २०:५४:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया