प्रदेश १ को नामकरणको विषयमा छलफल गर्न मुख्यमन्त्री राजेन्द्र राईले सर्वदलीय बैठक बोलाएका छन् । उनले फागुन १० गतेका लागि सर्वदलीय बैठक बोलाएका हुन् ।
प्रदेश १ सरकारको चालू अधिवेशनबाटै नामको टुंगो लगाउने भन्दै माघ १६ गतेको मन्त्रिपरिषद् बैठकले तत्कालीन सामाजिक विकासमन्त्री (हाल स्वास्थ्यमन्त्री) जयराम यादवको नेतृत्वमा कार्यदल गठन गरेको थियो । सोही कार्यदलमार्फत उनले छलफल आह्वान गरेका हुन् ।
सर्वदलीय बैठक आह्वानको तयारीका लागि बिहीबार सत्तारुढ गठबन्धनको बैठक बसेको थियो । बैठकमा नेपाली कांग्रेसका तर्फबाट हिमाल कार्की, नेकपा माओवादी केन्द्रका तर्फबाट इन्द्रबहादुर आङ्बो र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट विष्णु तुम्बाहाङ्फे सहभागी थिए । उनीहरु सबै प्रदेशका मन्त्री हुन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।