कलंकीमा शंकास्पद वस्तु भेटियो, बम भएको आशंका
फाइल तस्बिर

काठमाडौंको कलंकीनजिकै सडक पेटीमा दुईवटा शंकास्पद वस्तु भेटिएको छ । प्रहरीका अनुसार आज बिहान झोलामा राखेको अवस्थामा प्रेसर कुकर बम जस्तो देखिने शंकास्पद वस्तु भेटिएको हो । 

उक्त वस्तुलाई निस्क्रिय पार्न नेपाली सेनाको टोली त्यसतर्फ गएको छ । शंकास्पद वस्तु कसले र किन राखेको हो भन्नेबारे खुल्न बाँकी छ । पछिल्लो समय अमेरिकी सहयोग परियोजना एमसिसीको विषयमा विभिन्न ठाउँमा आन्दोलन भइरहेको छ ।

काठमाडौं उपत्यकामा पनि पटकपटक एमसिसीको विरोधमा प्रदर्शन भइरहेको छ । त्यसकै विरोधमा प्रदर्शनकारीले शंकास्पद वस्तु राखेको हुनसक्ने सुरक्षाकर्मीको अनुमान छ । 





  • प्रकाशित मिति : फागुन ६, २०७८ शुक्रबार ७:४३:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया