नन्दिता दासकाे चलचित्रमा ‘फुड डेलिभरी राइडर’ बन्दै कपिल शर्मा
फरकधार / ६ फागुन, २०७८

भारतका लोकप्रिय कमेडियन कपिल शर्मा नयाँ चलचित्रमा देखिँदैछन् ।



नन्दिता दासले निर्देशन गर्न लागेकाे चलचित्रमा उनकाे भूमिका फुड डेलिभरी राइडरको हुनेछ।

फिल्म अप्लोज इन्टरटेनमेन्टले निर्माण गर्दैछ । फिल्मको नाम हालसम्म फाइनल भइसकेको छैन। फिल्ममा अभिनेत्री शहाना गोस्वामीले उनको पत्नीको भूमिका निभाउँदैछिन् । दासले ‘मन्टाे’ चलचित्रकाे निर्देशन गरिसकेकी छन् ।  नयाँ चलचित्र पनि राम्रै बन्ने अनुमान गर्न सकिन्छ।



कमेडी साे ‘द कपिल शर्मा साे’का सञ्चालक कपिलले चलचित्र ‘किस किसको प्यार करुँ’ र ‘फिरंगी’ मा अभिनय गरिसकेका छन् । दुवै चलचित्रबाट उनले राम्राे प्रतिक्रिया भने पाएका थिएनन् ।



  • प्रकाशित मिति : फागुन ६, २०७८ शुक्रबार ८:२२:५०,   अन्तिम अपडेट : फागुन ६, २०७८ शुक्रबार ८:२६:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया