सरकारका प्रवक्ता कार्की भन्छन्- एमसिसी टेबल गर्ने विषयमा कार्यव्यवस्थाले निर्णय गर्छ
फाइल फाेटाे

सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संसद बैठकमा एमसिसी टेबल गर्ने/नगर्ने विषयमा कार्यव्यवस्था परामर्श समितिले निर्णय गरेको बताएका छन् । 

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा शुक्रबार बसेको सत्तारूढ गठबन्धनको बैठकबाट बाहिरिने क्रममा उनले एमसिसी टेबल गर्ने विषयमा कार्यव्यवस्था परामर्श समितिले निर्णय गर्ने बताएका हुन् । 

शुक्रबारको प्रतिनिधिसभाको बैठकमा एमसिसी पेस हुन्छ ? भन्ने सञ्चारकर्मीको जिज्ञासामा मन्त्री कार्कीले भने, ‘यसबारे कार्यव्यवस्था समितिले निर्णय गर्छ ।’ 

एमसिसीका सम्बन्धमा दलहरूबीच सहमति नजुटेपछि फेरि आइतबार बिहान १० बजे गठबन्धनको बैठक बस्ने भएको छ । 
 





  • प्रकाशित मिति : फागुन ६, २०७८ शुक्रबार ११:४८:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया