६५ वर्षीय बाबुलाई कुटपिट गरी हत्या गरेको आरोपमा दुई छोरा पक्राउ

काठमाडौं महानगरपालिका-१३ रवि भवन घर भई कीर्तिपुर नगरपालिका-६ पाण्डेछाप बस्ने ६५ वर्षीय न्हुछे नारायण महर्जनको कुटपिटबाट मृत्यु भएको छ । 

हत्या गरेको आरोपमा उनकै २ जना छोराहरू ४५ वर्षीय शंकर महर्जन र ४० वर्षीय कृष्ण महर्जनलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

छोराहरूले कुटपिट गर्दा गम्भीर घाइते भएका न्हुछे नारायणको ट्रमा सेन्टर काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको थियो । 

उक्त खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । 

उनीहरूको साथबाट प्रहरीले २ थान प्रेसर कुकर र मसला पिस्ने लोहोरो बरामद गरेको छ । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।





  • प्रकाशित मिति : फागुन ६, २०७८ शुक्रबार १३:२०:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया