ए डिभिजन लिग : १२ औं चरणका खेल शनिबारबाट
फाइल तस्वीर

सहिद स्मारक ए डिभिजन लिगमा अब दुई चरणका खेल मात्र बाँकी छन् । साविक विजेता मच्छिन्द्रले उपाधि रक्षा गरिसकेको छ भने रेलिगेशनबाट बच्न पुछारका टोलीले मेहनत गर्नुपर्नेछ । यस्तै, मनाङ मस्र्याङ्दी र थ्री स्टारसँगै त्रिभुवन आर्मी क्लबबीच शीर्ष स्थान पछिको स्थानका लागि हुने प्रतिस्पर्धाले १२औं चरणको खेल रोमान्चक बन्ने देखिन्छ ।

शनिबार दशरथ रंगशालामा तालिकाको पुछारमा रहेको च्यासल युथ क्बलले रेलिगेशन क्षेत्र भन्दा एक स्थान माथि रहेको टोली फ्रेन्ड्स क्लबसँग प्रतिस्पर्धा गर्दै छ । दुवै टोलीलाई जित आवश्यक छ ।

फ्रेन्ड्स रेलिगेशन निश्चित गर्न खराब नतिजाबाट गुज्रिरहेको च्यासल युथ विरुद्ध स्पष्ट अंकका लागि खेल्नेछ भने च्यासल पनि रेलिगेशन बच्ने गुरुयोजनाका साथ फ्रेन्ड्सविरुद्ध मैदान उत्रिनेछ ।

च्यासललाई फ्रेन्ड्ससँगको हारले रेलिगेशन पक्का जस्तै हुने भएकाले गर या मरको अवस्थामा तीन अंकका लागि खेल्नेछ । रेलिगेशन क्षेत्रभन्दा माथि भए पनि अंक अन्तर छिनो हुँदा फ्रेन्ड्सलाई खतराको घन्टी बराबरी वा पराजयमा हुनेछ । सोही कारण रेलिगेशन संकट टार्न कुनै पनि हालतमा जितको खोजीमा खेल्नले फ्रेन्ड्सका प्रशिक्षक मिग्रिन्द्र मिश्रले बताए ।

१२औं चरणको खेल अन्तर्गत शनिबार नै हुने दिनको दोस्रो खेल च्याम्पियन भइसकेको मच्छिन्द्र फुटबल क्लब र थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुँदैछ । च्याम्पियन मच्छिन्द्र थ्री स्टारविरुद्धको खेलमा जित निकाल्दै जारी लिगमा अपराजित यात्रालाई निरन्तरता दिन चाहन्छ ।

यस्तै सुरुआती खेलमा खराब नतिजा निकालेको थ्री स्टार तालिकामा दोस्रो स्थानमा अटाउने लक्ष्यका साथ तीन अंकको खोजीमा बलियो मच्छिन्द्रविरुद्ध खेल्नेछ ।



च्याम्पियन मच्छिन्द्र फुटबल क्लबका प्रशिक्षक प्रवेश कटुवालले अपराजित रहँदै लिग पूरा गर्ने लक्ष्य सहित थ्री स्टारविरुद्ध सुखद नतिजाका लागि खेल्ने बताए ।

१२औं चरणको खेल अन्तर्गत विभागीय टोली नेपाल पुलिस क्लब र एपिएफ क्लबबीच प्रतिस्पर्धा हुँदैछन् । एपिएफले अघिलला खेलमा अपनाएको सुखद रणनीतिको सुत्रलाई निरन्तरता दिन चाहन्छ भने पुलिसले पनि जितको खोजीमा मैदान उत्रिनेछ । सम्मान जनक स्थानकालागि पुलिसका लागि जित निकै महत्वपूर्ण हुनेछ ।



११औं चरणको खेल सकिँदा सम्म च्याम्पियन टोलीको टुङ्गो लागिसकेको छ भने रेलिगेशनमा पर्ने टोलीको निधो हुन बाँकी छ । औसत प्रदर्शन गरेका पुछारका टोलीलो सोही सरहका टोलीसँग हुने प्रतिस्पर्धामा सुखद निकाल्दा समीकरण रोमाञ्चक हुने छ ।

  • प्रकाशित मिति : फागुन ६, २०७८ शुक्रबार १८:१०:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया