टि- २० विश्वकप छनाेट: लगातार दोस्रो  जितकाे खाेजीमा नेपाल

आइसिसी पुरुष टि- २० विश्वकप अन्तर्गत ग्लोबल छनोट ‘ए’को दोस्रो खेलमा नेपालले आज (शनिबार) फिलिपिन्सको सामना गर्दैछ ।

याे खेल ओमानकाे अल अमेरात क्रिकेट मैदानमा बिहान पाैने १२ बजे सुरु हुनेछ ।

छनोटको समूह ‘बी’ मा रहेको नेपाल आज फिलिपिन्सलाई हराउँदै लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा छ । नेपालले पहिलाे खेलमा आयोजक ओमानलाई ३९ रनले पराजित गरेकाे थियाे ।

पहिलो जितको खोजीमा रहेको फिलिपिन्स पहिलो खेलमा क्यानडासँग ११८ रनले पराजित भएको थियो ।

नेपाल २ अंक जोडेर समूहकाे दोस्रो स्थानमा रहँदा फिलिपिन्स बिना अंक पुछारमा छ ।

यी दुईले पहिलो पटक एक अर्काकाे सामना गर्दैछन् ।





  • प्रकाशित मिति : फागुन ७, २०७८ शनिबार ९:१४:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया