नेपालले आइसिसी टि-२० विश्वकप ग्लोबल छनोट ए अन्तर्गत फिलिपिन्सविरुद्धको दोस्रो खेलमा टस हारेर ब्याटिङका निम्तो पाएको छ ।
ओमानको अल अमरेत क्रिकेट मैदानमा केही बेरपछि सुरु हुने खेलमा फिलिपिन्सका कप्तान जोनाथन हिलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेका हुन् ।
नेपालले आजको खेलमा दुई परिवर्तन गरेको छ । कमल सिंह ऐरी र विवेक यादव बाहिरिँदा कुशल मल्ल र गुल्सन झाले मौका पाएका छन् ।
योसँगै गुल्सनले नेपाली सिनियर टोलीका लागि डेब्यु गर्ने भएका छन् । त्यस्तै वैकल्पिक खेलाडीका रूपमा रहेका कुशललाई शरद भेषवाकर घाइते भएपछि टोलीमा बोलाइएको हो।
नेपाल आज लगातार दोस्रो जितको खाेजीमा हुनेछ । उसले पहिलो खेलमा आयोजक ओमानमाथि ३९ रनको जित हात पारेको थियो ।
पहिलो खेलमा क्यानडासँग १ सय १८ रनको फराकिलो अन्तरले पराजित भएको फिलिपिन्स पहिलो जितको खोजीमा छ ।
नेपालले फिलिपिन्ससँग पहिलो पटक खेल्न लागेको हो ।
नेपालको प्लेइङ ११ :
सन्दीप लामिछाने (कप्तान), आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, जितेन्द्र मुखिया, आरिफ शेख, लोकेश बम, गुल्सन झा, अविनाश बोहरा र कुशल मल्ल
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।