गुल्सनको टि-२० अन्तर्राष्ट्रियमा डेब्यु

तीव्र गतिका बलर गुल्सन झाले नेपाली सिनियर क्रिकेट टोलीबाट टि-२० अन्तर्राष्ट्रियमा डेब्यू गरेका छन् । उनले आइसिसी विश्वकप ग्लोबल छनोट ए अन्तर्गत फिलिपिन्सविरुद्धको खेलबाट टि-२० अन्तर्राष्ट्रियमा डेब्यू गरेका हुन् । 

अहिले ओमानको अल अमरेत क्रिकेट मैदानमा नेपालले टस हारेर ब्याटिङ गर्दैछ । नेपालले आज ओमानसँगको खेलबाट विवेक यादव र कमलसिंह ऐरीलाई विश्राम दिँदै गुल्सन झा र कुशल मल्ललाई प्लेइङ-११ मा खेलाएको छ ।

पहिलोपटक नेपाली टि-२० टोलीमा परेका गुल्सन तीव्र गतिमा बलिङ तथा बायाँ हातले ब्याटिङ गर्ने गर्दछन् । 

तीव्र गतिका बलर करण केसीले चोटका कारण विश्वकप छनोट गुमाउने भएपछि उनको स्थानमा गुल्सनलाई टोलीमा बोलाइएको थियो । 

गुल्सनले एकदिवसीय अन्तर्राष्ट्रियमा आइसिसी विश्वकप लिग-२ अन्तर्गत गत असोजमा अमेरिकाविरुद्ध डेब्यू गर्दै २८ रन बनाएका थिए ।

बलिङमा भने उनको प्रदर्शन खासै राम्रो हुन सकेको छैन । गुल्सनले विभागीय टोली नेपाल पुलिस क्लबबाट घरेलु क्रिकेट खेल्ने गर्दछन् ।  





  • प्रकाशित मिति : फागुन ७, २०७८ शनिबार १२:२२:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया