फिलिपिन्सविरुद्ध कुशलको अर्धशतक
फरकधार / ७ फागुन, २०७८
फाइल फाेटाे

आइसिसी टि- २० विश्वकप ग्लोबल छनोट अन्तर्गत  फिलिपिन्सविरुद्ध जारी खेलमा नेपालका ओपनर कुशल भुर्तेलले अर्धशतक प्रहार गरेका छन् । 



ओमानको अल अमरेत क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरिरहेको नेपालका लागि कुशलले ३३ बलको सामना गर्दै ९ चौकाको मद्दतमा अर्धशतक प्रहार गरेका हुन् । 

यो उनकाे टि- २० अन्तर्राष्ट्रियमा पाँचौ अर्धशतक हो । यसअघि उनले गएको बैशाखमा सम्पन्न मलेसिया र नेदरल्यान्ड्स सम्मिलित त्रिकोणात्मक सिरिजमा ४ अर्धशतक प्रहार गरेका थिए । 



यो समाचार तयार पर्दासम्म नेपाल १‍०.३ ओभरमा २ विकेट गुमाउँदै ९४ रन बनाएर खेलिरहेको छ । ५९ रनमा अविजित रहेका कुशललाई दीपेन्द्रसिंह ऐरीले १७ रन बनाउँदै साथ दिइरहेका छन् ।  
 



  • प्रकाशित मिति : फागुन ७, २०७८ शनिबार १२:३७:७,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया