प्रदेशलाई डिजिटाइज गर्ने अभियानमा छौं : मुख्यमन्त्री पाण्डे
फरकधार / ७ फागुन, २०७८

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले बागमती प्रदेशलाई व्यवस्थित गर्दै डिजिटाइड गर्ने अभियानमा प्रदेश सरकार लागिपरेको बताएका छन् । 



शनिबार बिहान प्रजातन्त्र दिवसको अवसरमा हेटौंडामा आयोजित कार्यक्रममा सम्बोधन गर्दै पाण्डेले प्रदेशका समस्याहरूलाई व्यवस्थापन गर्नेतर्फ सरकारको ध्यान केन्द्रित हुने बताएका हुन् ।

बागमती प्रदेशलाई सफा, उज्यालो र डिजिटाइज गर्ने काममा आफूहरू लागिपरेको पनि उनले बताए ।



उनले अमेरिकी विकास सहयोग परियाेजना (एमसिसी) का कारण देशको राजनीति जटिल मोडमा पुगेको  बताउँदै लामो समयको संघर्षपश्चात् देशमा आर्थिक र सामाजिक रूपान्तरण गर्नुपर्ने समयमा विदेशी अनुदानको विषयले राष्ट्रिय राजनीति नै जटिल मोडतर्फ धकेलेको दावीसमेत गरे ।



उनले भने, ‘अनुदानले विवाद र अप्ठेरोमा नेपाली राजनीतिलाई पुर्‍याएकाे छ । हामी राजनीति दलहरुले यसअघि पनि धेरै समस्याको समाधान मिलेर गरेका छौं । यो पनि गर्छौ भन्ने हाम्रो विश्वास हो ।’ 

नेकपा (एकीकृत समाजवादी) पार्टीका केन्द्रीय उपाध्यक्ष समेत रहेका मुख्यमन्त्री पाण्डेले राष्ट्र, जनता तथा देशको संरक्षण गर्न सकौं भन्दै प्रजातन्त्र दिवसको शुभकामना समेत व्यक्त गरे । 

बागमती प्रदेश सरकारले तीन दिन प्रजातन्त्र दिवस मनाउने निर्णय गरेको छ ।

 

  • प्रकाशित मिति : फागुन ७, २०७८ शनिबार १३:२:४,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया