फिलिपिन्सविरुद्ध कुशलको शतक
फाइल फाेटाे

आइसिसी टि- २० विश्वकप ग्लोबल छनोट अन्तर्गत फिलिपिन्सविरुद्ध जारी खेलमा नेपालका ओपनर कुशल भुर्तेलले शतक प्रहार गरेका छन् ।

 ओमानको अल अमरेत क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरिरहेको नेपालका लागि कुशलले ५७ बलको सामना गर्दै १३ चौका र १ छक्काको मद्दतमा शतक प्रहार गरेका हुन् ।

 यो टि- २० अन्तर्राष्ट्रियमा उनकाे पहिलो शतक हो । यसअघि उनले गएको बैशाखमा सम्पन्न मलेसिया र नेदरल्यान्ड्स सम्मिलित त्रिकोणात्मक सिरिजमा ४ अर्धशतक प्रहार गरेका थिए । 





  • प्रकाशित मिति : फागुन ७, २०७८ शनिबार १३:१३:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया