टी–२० विश्वकप छनोट : नेपालले फिलिपिन्सलाई दियो २१९ रनको लक्ष्य, कुशलको शतक

आइसिसी टि–२० विश्वकप ग्लोबल छनोटअन्तर्गत जारी खेलमा नेपालले फिलिपिन्ससमक्ष २१९ रनको लक्ष्य प्रस्तुत गरेको छ । 

ओमानको अल अमरेत क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २१८ रन बनायो । 

नेपालका लागि कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट प्रदर्शन गरे । १०४ रनमा अविजित रहेका कुशलले ६१ बलमा १३ चौका र १ छक्का प्रहार गरे ।  

दीपेन्द्रले ४७ बलको सामना गर्दै ६ चौका र ६ छक्कासहित ८३ रन बनाए । 

कुशल मल्लले १२ रनको योगदान दिँदा लोकेश बम ६ रनमा अविजित रहे । 

कुशल भुर्तेल र दीपेन्द्रले तेस्रो विकेटका लागि १७१ रनको उत्कृष्ट साझेदारी गर्दै नेपालको पारी उकासेका थिए ।



फिलिपिन्सका लागि डानिल स्मिथ, मिगी पोडोस्की र गुरभुपिन्दर चौहानले समान १ विकेट लिए ।



  • प्रकाशित मिति : फागुन ७, २०७८ शनिबार १३:२६:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया