जुम्लामा थपिए ६ हजार मतदाता

हिमाली जिल्ला जुम्लामा ६ हजार बढी मतदाता थपिएका छन् ।

जिल्ला निर्वाचन कार्यालय जुम्लाको प्रारम्भिक तथ्यांकअनुसार जुम्लामा ६ हजार दुई सय ७१ जना नयाँ मतदाता थपिएका हुन् । ३ साउनदेखि २४ माघसम्म जुम्लामा नयाँ फोटोसहितको मतदाता नामावली संकलन भएको थियो  ।

जिल्ला निर्वाचन कार्यालय, जुम्लाले ७ फागुनमा परेको निर्वाचन दिवसको अवसरमा आयोजित अन्तरक्रियामा यस्तो तथ्यांक सार्वजानिक गरेकाे हो । जसमा महिला तीन हजार ४० जना र पुरुष तीन हजार दुई सय ३१ जना मतदाता थपिएको निर्वाचन कार्यालय जुम्लाका प्रमुख तथा निर्वाचन अधिकारी महेश शर्माले बताए ।

उनले भने, ‘थपिएका सहित जुम्लामा मतदाता संख्या जम्मा ६९ हजार तीन सय ३५ पुगेको छ । जसमा महिला मतदाता ३३ हजार एक सय ३७ र पुरुष मतदाता ३६ हजार १ सय ९८ जना रहेका छन् ।





  • प्रकाशित मिति : फागुन ७, २०७८ शनिबार १३:२७:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया