सहिद स्मारक ए डिभिजन लिग : फ्रेन्ड्ससँग पराजित च्यासल रेलिगेसनमा
फाइल फाेटाे

सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत शनिबारको खेलमा फ्रेन्ड्स क्लब विजयी भएको छ । उसले त्रिपुरेश्वस्थित दशरथ रंगशालामा च्यासल युथ क्लबमाथि २-१ को रोमाञ्चक जित हात पारेको हो ।

 यो हारसँगै च्यासल दोस्रो डिभिजनमा झर्ने पक्का हुँदा फ्रेन्ड्सले केही राहत पाएको छ । च्यासल विसं २०७३ सालमा ए डिजिजनमा उक्लिएको थियो ।

फ्रेन्ड्सका लागि दुवै गोल जमोल एन्थोनी फ्रेन्कोइसले गर्दा च्यासलका मोसा अबगानाले एक गोल फर्काए ।

 खेलको ३८ औं मिनेटमा जमोलको गोलमार्फत् फ्रेन्ड्सले अग्रता लिएको थियो । ४३ औं मिनेटमा जमोलले नै पेनाल्टीमार्फत् व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई २-० ले अघि बढाए ।

 ५६ औं मिनेटमा मोसा अबगानाले पेनाल्टीमार्फत् गोल गर्दै च्यासललाई खेलमा फर्काउने प्रयास गरे पनि त्यो पर्याप्त बन्न सकेन ।

 यो जितसँगै १२ खेलमा १० अंक जोडेको फ्रेन्ड्स १२ औं तथा समान खेलबाट ६ अंकका साथ च्यासल अन्तिम स्थानमा यथावत छ ।  
 





  • प्रकाशित मिति : फागुन ७, २०७८ शनिबार १५:११:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया