कोरोनाबाट चारजनाको मृत्यु, ३५० जनामा संक्रमण

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३५० जनामा संक्रमण देखिएको छ । कोभिड–१९ को संक्रमणबाट चारजनाको मृत्यु भएको छ । 

मन्त्रालयका अनुसार सात हजार ९६ स्वाब परीक्षण गर्दा ३५० जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो। तीन हजार ५३८ को पिसिआर परीक्षण गर्दा १९८ जनामा र तीन हजार ५५८ जनाको एन्टिजेन परीक्षण गर्दा १५२ जनामा कोरोना देखिएको हो।

कोरोनाबाट शुक्रबार दुई जनाको मृत्यु भएको थियो। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ९१७ पुगेको छ।

पछिल्लो २४ घण्टामा एक हजार २७२ जना निको भएका छन्। निको हुनेको संख्या पनि नौ लाख ५० हजार ५६ पुगेको छ। हाल देशभर १३ हजार ३५७ सक्रिय संक्रमित छन्।





  • प्रकाशित मिति : फागुन ७, २०७८ शनिबार १७:१४:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया