ए डिभिजन लिग : मछिन्द्रको अपराजित यात्रा कायमै

सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत शनिबारको खेलमा उपाधि जितिसकेको मछिन्द्र क्लबले थ्रीस्टार क्लबलाई १–०ले परजित गरेको छ । 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा थप गरिएको समयमा कप्तान सुजल श्रेष्ठले पेनाल्टीमार्फत गरेको एक मात्र  गोल मछिन्द्रको जितमा निर्णायक बन्यो ।

थ्री स्टारका जीवन गुरूङले पेनाल्टी क्षेत्रमा  अभिषेक गुरूङलाई फउल गरेपछि  मछिन्द्रले पेनाल्टीको अवसर पाएको थियो । जसमा सुजल चुकेनन् ।    

त्यही फउलमा रेफ्रीसँग विवाद गरेपछि  जीवनले रातो कार्ड बेहोर्दै मैदान छाडेका थिए । दुवै टोलीले पाएका केही अवसरलाई भने सदुपयोग गर्न सकेनन् ।

खेलको १९औं मिनेटमा अन्सुमाना क्रोमाहको पासमा हेमन्त थापामगरको प्रहारलाई मछिन्द्रका गोलरक्षक विशाल श्रेष्ठले डाइभ गर्दै बचाउँदा थ्रीस्टार अग्रता लिनबाट चुक्यो ।

२३औं मिनेटमा अभिषेक रिजालको  प्रहारमा गोलरक्षक प्रिसोलाई बिट गर्दै अघि बढेको बललाई निशान खड्काले  गोललाईनबाट क्लियर गर्दै थ्रीस्टारको संकट टारे ।



पहिलो हाफको थप गरिएको समयमा बुद्ध चेम्जोङको पासमा अभिषेकले वान भर्सेस वान अवस्थालाई सदुपयोग गर्न नसक्दा  मछिन्द्रले अग्रता लिन सकेन । 

यो जितसँगै मछिन्द्र १२ खेलमा ३२ अंकका साथ शीर्ष  र पराजित थ्रीस्टार समान खेलबाट १८ अंकका साथ चौथो स्थानमा यथावत् छन् ।



  • प्रकाशित मिति : फागुन ७, २०७८ शनिबार १९:१:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया