पिपरा गाउँपालिकाकी उपाध्यक्ष दास एमालेमा प्रवेश

महोत्तरीको पिपरा गाउँपालिकाकी उपाध्यक्ष ननुकुमारी दास नेकपा एमालेमा प्रवेश गरेकी छन् । शनिबार पिपरामा आयोजित अखिल नेपाल महिला संघ महोत्तरीको नगर सम्मेलन तथा पार्टी प्रवेश कार्यक्रममा उपाध्यक्ष दासको अगुवाइमा तीन सय नेता तथा कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन् ।

नवप्रवेशीहरुलाई पूर्वमन्त्री समेत रहेकी नेकपा एमालेका पोलिटब्युरो सदस्य जुलीकुमारी महतो र पिपरा गाउँपालिकाका अध्यक्ष विक्रम चौधरीले टीका लगाएर स्वागत गरेका थिए । उपाध्यक्ष दास यसअघि लोकतान्त्रिक समाजवादी पार्टी नेपालमा थिइन् ।

सम्मेलनबाट दासको अध्यक्षतामा अखिल नेपाल महिला संघ पिपरा कमिटी गठन गरिएको छ । कमिटीको उपाध्यक्षमा सीमा महरा, सचिवमा सुवती दास, सहसचिवमा रञ्जिता दास र कोषाध्यक्षमा अम्बिकादेवी झा चयन भएका छन् ।

कार्यक्रममा नेतृ महतोले केपी शर्मा ओली बलियो रहेको प्रमाण प्रधानमन्त्रीको गतिविधिले नै स्पष्ट भएको बताइन् । नेतृ महतोले ओलीविनाको देश र राजनीति असम्भव रहेको जिकिरसमेत गरिन् ।





  • प्रकाशित मिति : फागुन ७, २०७८ शनिबार १९:४:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया