बेन्जिमा चम्किँदा रियल मड्रिडको शानदार जित

स्पेनिस ला लिगामा आज बिहान सम्पन्न खेलमा लिग लिडर रियल मड्रिडले डिपोर्टिभो अलाभेसलाई ३–० गोल अन्तरले हराएको छ । घरेलु मैदान सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलको जितमा मार्को एसेन्सियो, भिनिसियस जुनियर र करिम बेन्जिमाले एक/एक गोल गरे ।

खेलको ६३ औं मिनेटमा एसेन्सियोको गोलमार्फत रियलले अग्रता लियो । उसले बेन्जिमाको पासलाई सदुपयोग गरेका थिए । ८० औं मिनेटमा भिनिसयसले पनि बेन्जिमाकै पासमा गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । थप गरिएको समयमा बेन्जिमाले पेनाल्टीमार्फत गोल गर्दै रियललाई ३–० को सहज जित दिलाए । 

यो जितसँग शीर्ष स्थानमा कायम रहेको रियलले २५ खेलमा ५७ अंक जोड्दा पराजित अलाभेस समान खेलबाट २० अंकका साथ १९ औं स्थानमा छ ।

लिगअन्तर्गत नै भएका अन्य खेलमा एथलेटिको मड्रिडले ओसासुनामाथि ३–०, इल्चेले रायो भालेकानोमाथि २–१ तथा भिल्ला रियलले ग्रानाडामाथि ४–१ को जित हात पार्दा गेटाफेले कार्डिजसँग १–१ को बराबरी खेल्यो । 






  • प्रकाशित मिति : फागुन ८, २०७८ आइतबार ७:०:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया