जथाभावी फालिएका चुरोटका ठुटा उठाउन कागलाई तालिम !

फोहोरका कारण सम्पूर्ण ग्रहलाई एउटा समस्या बनेको छ । निश्चय नै फोहोर पन्छाउने अनगिन्ती विधि छन् । फोहोरको प्रकृतिअनुसार पुनः नवीकरण, पुनः प्रयोग र अन्य विधिबाट यसको व्यवस्थापन गरिन्छ ।

फोहोर व्यवस्थापनकै कुरा गर्दा हामीले फोहोरलाई डस्टबिनमा फाल्ने जस्तो आधारभूत कुरामा पर्याप्त ध्यान दिँदैनौ । सार्वजनिक स्वास्थ्य बिग्रनु, ढल थुनिनु र अन्य समस्या उत्पन्न हुनुको प्रमुख कारण फोहोरलाई सार्वजनिक स्थानमा जलाउने अभ्यास पनि हो ।

डस्टबिनमा फोहोर जाओस् भनेर सुनिश्चिता गर्न विश्वभरका शहरहरूले विभिन्न तरिका अपनाएका छन् । तर, आफ्नो क्षेत्राधिकार भित्र उत्पन्न सम्पूर्ण फोहोरलाई पूर्ण रूपमा संग्रह गरेको कुनै पनि सहरले दाबी गर्न सक्दैनन् ।

जथाभावी फालिएका फोहोर उठाउने प्रयासस्वरूप सडकमा फालिएका चुरोटका ठुटा उठाएर थुपार्न स्वीडेनमा एउटा कम्पनीले कागलाई तालिम दिइरहेको छ ।

कोरभिड क्लिनिङले सार्वजनिक गरेको एउटा भिडियोमा कागले ठुटा उठाएर डस्टबिनमा फालेको देख्न सकिन्छ । अझै बढी फोहोर उठाउनका लागि उत्प्रेरित गर्न पुरस्कारस्वरूप कागलाई बदाम वितरण गरिएको छ । कागले ठुटाको सट्टा पातलगायत अन्य चिज डस्टबिनमा राखेमा भने उनीहरूलाई बदाम दिइन्न ।
 
 ‘ढुंगा र पात जस्ता विषयबाहेकका फोहर राख्न डस्टबिनले सुझाव दिनेछ । फोहोर उठाउने कार्यमा काग उनीहरूको इच्छा बमोजिम धेरैभन्दा धेरै वा थोरै समय सहभागी हुन सक्नेछन् । र, मानिसहरूको संलग्नता भनेको डस्टबिनलाई रित्याउनु र खानेकुरा फेरि भर्नु हो,’ कोरभिड क्लिनिङले आफ्नो वेबसाइटमा भनेको छ ।  





  • प्रकाशित मिति : फागुन ८, २०७८ आइतबार ७:५१:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया