युनाइस आँधीबाट १३ जनाको मृत्यु, १० लाख घर परिवार अन्धकारमा बस्न बाध्य

युरोपमा युनाइस आँधीका कारण कम्तीमा १३ जनाको मृत्यु भएको छ । 

आँधीबाट बेलायत, आयरल्यान्ड, द नेदरल्यान्ड्स, बेल्जियम, जर्मनी र पोल्यान्ड सबैभन्दा बढी प्रभावित छन् । यी देशका आँधी प्रभावित क्षेत्रमा रुखहरू ढलेका छन् र सडक अवरुद्ध बनेका छन् ।

आँधीका कारण १० लाख घरपरिवार अन्धकारमा बस्न बाध्य छन् । विद्युतीय सेवालाई पहिलेकै अवस्थामा फर्काउन आपतकालीन कर्मचारीहरूले प्रयास गरिरहेका छन्।

युरोपमा यो साता असर गर्ने युनाइस दोस्रो पटक नाम राखिएको आँधी हो । पहिलो आँधीले जर्मनी र पोल्यान्डमा कम्तीमा पाँच जनाको मृत्यु भएको थियो ।

आँधीबारे पहिलो पटक लन्डनमा शुक्रबार रातो चेतावनी दिइएको थियो । सन् १९८७ मा बेलायत र उत्तरी फ्रान्समा आएको ‘शक्तिशाली आँधी’ पछि यसलाई  युरोपको सबैभन्दा ठूलो आँधी बताइएको छ । 

‘युनाइस आँधीले साँच्चि नै एक मुक्का प्रहार गरेको छ’, जलवायु कार्यलयका प्रमुख मौसमविद् फ्रयांक साउन्डर्सले भने । 



‘मौसमबाट जीवन खतरामा छ भने हामीले रातो मौसमी चेतावनी जारी गर्छाैं’, उनले थपे । 

ठूलो हुरीका कारण बेलायतमा विमान चालकहरूले अवतरण रोक्न बाध्य भएका थिए । 



  • प्रकाशित मिति : फागुन ८, २०७८ आइतबार ९:५७:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया