सत्तारुढ गठबन्धनको बैठकः एमसिसी टेबल गर्ने सहमति

सत्तारुढ पाँच दलीय गठबन्धनको बैठकले आजको प्रतिनिधिसभा बैठकमा अमेरिकी सहयोग परियोजना एमसिसी टेबल गर्ने सहमति गरेको छ । 

आज विहान बालुवाटारमा बसेको बैठकले एमसिसी टेबल गर्ने सहमति गरेको हो । 

आज दिउँसो बस्ने प्रतिनिधिसभा बैठकमा अब एमसिसी टेबल हुने भएको छ । आजको बैठकमा सहभागी भएका सबै दलका नेताहरुले एमसिसी टेबल गर्न सहमति जनाएका हुन् । बैठकमा सहभागी एक नेताले भने, ‘संसद बैठकमा एमसिसी टेबल गर्ने सहमति भएको छ, आजकै प्रतिनिधिसभा बैठकमा एमसिसी टेबल हुन्छ ।’

यसअघि नेकपा एकीकृत समाजवादीले संसदमा एमसिसी टेबल गर्न दिने सहमति जनाएको छ । संसदमा एमसिसी टेबल भएको खण्डमा आफूहरु गठबन्धनबाट अलग हुने बताएको नेकपा माअ‍ोवादी केन्द्रले पनि एमसिसी टेबल गर्न सहमति जनाएको छ । यसअघि गत साता बसेको नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठकमा भने एमसिसी टेबल गर्न नदिने निर्णय भएको थियो । संसदीय दलको बैठकमा यस्तो निर्णय भएसँगै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दबाबमा परेका थिए ।

उनले संसदीय दलको बैठकको निर्णय सुनाउँदा बालुवाटारमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उनलाई सरकार छाड्न सक्ने समेत चेतावनी दिएका थिए । 

प्रधानमन्त्री देउवा र नेपाली कांग्रेसको अडानका कारण एमसिसी संसदमा टेबल हुने भएको हो ।





  • प्रकाशित मिति : फागुन ८, २०७८ आइतबार ११:१७:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया