एमालेको नाराबाजीबीच संसदमा टेबल भयो एमसिसी

अमेरिकी सहयोग परियोजना (एमसिसी) प्रतिनिधिसभामा टेबल भएको छ । 

अर्थमन्त्रीका तर्फबाट सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संसद बैठकमा एमसिसी सम्झौता टेबल गरेका हुन् । संसदको कार्यसूचीमा अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गर्ने बताइएको थियो । 

एमसिसी संसदमा पेस हुँदैगर्दा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध जारी राखेको छ । नाराबाजीका बीचमै सञ्चारमन्त्री कार्कीले  सम्झौता टेबल गराएका हुन् ।

सत्तारूढ गठबन्धनमा सहमति नभएपछि यसअघि यो सम्झौता टेबल हुन सकेको थिएन । प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार बसेकै बैठकमा एमसिसी सम्झौता टेबल गर्ने पक्षमा थिए । तर, सहमति नजुट्न शुक्रबार यो संभव भएको थिएन ।





  • प्रकाशित मिति : फागुन ८, २०७८ आइतबार १४:१४:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया