ए डिभिजन लिग : जावलाखेलले हिमालयनलाई हरायो
फाइल फाेटाे

सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आइतबारको पहिलो खेलमा जावलाखेल युथ क्लबले हिमालय शेर्पा क्लबमाथि २-१ को रोमाञ्चक जित हात पारेको छ । 

त्रिपुरेश्वरस्थित रंगशालामा जावलाखेललाई जित दिलाउन रूपबहादुर लामा र ओन्गुना जुनियरले एक-एक गोल गर्दा हिमालयनका अमृत श्रेष्ठले एक गोल फर्काए ।

 खेलको १५ औं मिनेटमा रूपबहादुरले गोल गर्दै जावलाखेललाई अग्रता दिलाएका थिए । उनको कर्नर प्रहार सिधै गोलमा परिणत भएको थियो ।

७१ औं मिनेटमा अमृतले हिमालयनलाई १-१ को बराबरीमा ल्याए । विशन गुरुङले कर्नरबाट उपलब्ध गराएको बललाई नियन्त्रणमा लिँदै उनले प्रहार गरेको एक्रोब्याटिक सटले जाली चुमेको थियो । 

८७ औं मिनेटमा ओन्गुनाले गोल गर्दै जावलाखेललाई २-१ को रोमाञ्चक जित दिलाए । उनले निकलोलस फर्नान्डेजको क्रसलाई हेडमार्फत् पोस्टको दिशा दिएका थिए।

 यो जितसँगै १२ खेलमा १३ अंक जोड्दै रेलिगेसन डर कम गरेको जावलाखेल नवौं स्थानमा उक्लिँदा समान खेलबाट समान अंक जोडेको भए पनि हिमालयन ‘हेड टु डेड’मा पछि पर्दै १० औँ स्थानमा झरेको छ । 
 





  • प्रकाशित मिति : फागुन ८, २०७८ आइतबार १५:११:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया