माधव नेपाल भन्छन्- एमसिसी पारित गर्नमा हाम्रो समर्थन छैन

सत्ता रूढ दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमसिसी अनुमोदनमा आफूहरूको सहमति नरहेको बताएका छन् ।

आइतबारको संसद् बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले एमसिसी पारित गर्ने विषयमा आफूहरूको समर्थन नरहेको बताएका हुन् ।

'सरकार जेसुकै होस, एमसीसी पास गर्ने कुरामा हाम्रो समर्थन छैन' उनले भने । 

सरकारले सत्ता गठबन्धनमा सहमति जुटेपछि एमसिसीलाई संसदमा टेबुल गरेको हो । एमसिसी संसदमा टेबुल भएपछि संसद बैठक स्थगित भएको छ । अर्को बैठक बिहीबार १ बजे बस्ने छ ।





  • प्रकाशित मिति : फागुन ८, २०७८ आइतबार १५:४४:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया