नेप्से परिसूचक ३९.४० अंकले घट्यो, ४ अर्ब ८ करोडको कारोबार

साताको पहिलो कारोबारको दिन आइतबार शेयर बजार मापक नेप्से परिसूचक गिरावट आएको छ ।

गत साताको बुधबारदेखि निरन्तर रुपमा ओरालो लागेको शेयर बजार यो साताको पहिलो कारोबार दिन पनि निरन्तरता दिएको छ । आइतबार नेप्से परिसूचक ३९.४० अंक घटेर २ हजार ६९३.१० विन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ४.९९ अंक, फ्लोट इण्डेक्स ३.०५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.३७ अंक घटेको छ ।

आइतबार कारोबारमा आएका २३० कम्पनीको ७१ लाख २२ हजार कित्ता शेयर ४ अर्ब ८ करोड ६४ लाख ७४ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । नेप्से परिसूचकमा गिरावट आएपनि कारोबार रकममा भने बिहीबारको तुलनामा बढेको छ । गत बिहीबार सवा २ अर्ब बराबरको शेयर खरिदबिक्री भएको थियो ।

नेप्सेका १३ उपसमूहमध्ये अन्य उपसमूहको परिसूचकबाहेक सबै उपसमूहको परिसूचक राताम्मे भएको छ । जसमा अन्य उपसमूहको परिसूचक ०.४२ प्रतिशत बढेको छ भने बाँकी उत्पादन तथा प्रशोधन, वित्त, जीवन बीमा र निर्जीवन बीमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ । त्यस्तै, बैंकिङ्ग, व्यापार, होटल तथा पर्यटन, विकास बैंक, लघुवित्त र लगानी उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले गिरावट आएको छ ।

आइतबार कारोबारमा आएको युनाइटेड इदी मार्दी आरबी हाइड्रोपावरको शेयरमूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै, तेह्रथुम पावर कम्पनीको शेयरमूल्य ८.६४ प्रतिशत, सामलिङ पावर कम्पनीको ६.५५ प्रतिशत र नेपाल फाइनान्सको ४.१८ प्रतिशत बढेको छ । यता, नारायणी डेभलपमेन्ट बैंक, युनाइटेड इन्स्योरेन्स, रुरु जलविद्युत कम्पनी र प्रिमियर इन्स्योरेन्सको शेयरमूल्य ४ प्रतिशतभन्दा बढी घटेको छ ।

कारोबार रकमका आधारमा ५८ करोड २ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री गरेर जीवन विकास लघुवित्त शीर्ष स्थानमा रहेको छ । लघुवित्तले लाभांश वितरण गर्ने घोषणा गरेसँगै लगानीकर्ताहरु उक्त लद्युवित्तमा आकर्षित भएका हुन् । त्यस्तै, नेपाल टेलिकमको १९ करोडभन्दा बढीको शेयर कारोबार भएको छ ।





  • प्रकाशित मिति : फागुन ८, २०७८ आइतबार १६:२:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया