नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा २६२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार ८१५ नमुनाको पिसिआर तथा एन्टिजेन विधिबाट परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् ।
यस्तै, आज थप १ हजार ३३८ जना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोनामुक्त हुनेको संख्या ९ लाख ५१ हजार ३९४ पुगेको छ ।
आज कोरोनाका कारण थप ४ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ९२१ पुगेको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या १२ हजार २४४ रहेको मन्त्रालयले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।