नेपालमा कुल जनसंख्याको ६० प्रतिशतले कोरोनाविरुद्ध खोपको पूर्ण मात्रा खोप लगाएका छन्। ८ फागुनसम्ममा १ करोड ७६ लाख ६४ हजार ५१६ जनाले पूर्ण खोप लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
कुल जनसंख्याको ७३ प्रतिशत अर्थात् २ करोड १३ लाख ४५ हजार ५३९ जनाले खोपको पहिलो मात्रा लगाएका छन् । त्यस्तै, कोरोना विरुद्धको तेस्रो मात्रा खोप (बुस्टर डोज) लगाउनेको संख्या ८ लाख ६८ हजार ८४५ रहेको स्वास्थ्य मन्त्रालयकी प्रवक्ता डा. संगीता मिश्रले बताइन्।
त्यसैगरी १२ वर्ष देखि १७ वर्षसम्मका ८८ प्रतिशतले पहिलो मात्रा र ६५ प्रतिशतले दोस्रो मात्रा खोप लगाएका छन्। कुल ३४ लाख ५ हजार ४५५ जना बालबालिकामध्ये प्रतिशत बालबालिकाले उल्लेखित मात्रामा खोप लगाएका हुन् ।
मन्त्रालयका अनुसार नेपालमा हालसम्म अनुदान र खरिदमार्फत ४ करोड ७८ लाख ८२ हजार ८ सय खोप आएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।