सहरी विकासमन्त्रीसमेत रहेकी एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले पार्टीभित्र सैद्धान्तिक सहमति भएर नै एमसिसी टेबुल गर्न सरकारलाई सहयोग गरेको बताएकी छिन् । पार्टीका सम्मानित नेता झलनाथ खनालले एमसिसीको विरोध गरिरहेका बेला मन्त्री झाmँीले एमसिसी सदनमा टेबुल गर्न पार्टीभित्र सहमति भएको बताएकी हुन् ।
‘आज सदनमा टेबुल भयो, परिमार्जनको विषय सदनमा उठ्ला, पार्टीको संसदीय दलको बैठक बसेर यसबारे रणनीति बनाउँछौँ, उनले भनिन्, ‘यसबारे छलफल गर्न पर्याप्त समय छ, एमसिसी सदनमा टेबुल गर्न सरकारलाई सैद्धान्तिक रूपमा सहयोग गरेकोले सरकारबाट बाहिरिने भन्ने हुँदैन ।’
विरोधमा भ्रातृ संगठनको नाराजुलुस
सदनमा एमसीसी टेबुल गर्ने निर्णय सार्वजनिक भएलगत्तै यसको विरोधमा रहेका विभिन्न राजनीतिक दल तथा भ्रातृ संगठनले नयाँ बानेश्वरस्थित संसद भवनबाहिर नाराजुलुस गरेका छन् । विरोध प्रदर्शनले काठमाडौं उपत्यकाको सडक र सवारी सञ्चालन दिनभर अस्तव्यस्त बनेको थियो ।
एकीकृत समाजवादीका अध्यक्ष नेपालले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा एमसिसी टेबुल गर्ने सहमति जनाएर निस्कन नपाउँदै उनकै पार्टीनिकट युवा तथा विद्यार्थी संघ पनि सडकमा विरोध गरिरहेका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।