बैतडीको मेलौलीमा चन्दा उठाएर एम्बुलेन्स सञ्चालन

बैतडीको मेलौली नगरपालिकामा सुविधा सम्पन्न एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । सपोर्ट सोसाइटी नेपाल नामक संस्थाले सहयोगीबाट चन्दा संकलन गरी एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको जनाएको हो ।  

गत वर्षबाट थालिएको अभियानमा देश तथा विदेशमा रहेका नेपालीबाट सहयोग रकम संकलन गरेर नेपाल सरकारको भन्सार छुटमा अक्सिजन, एसीसहितको सुविधा सम्पन्न एम्बुलेन्स शनिबारबाट सञ्चालनमा आएको हो । उक्त एम्बुलेन्समा स्वास्थ्यकर्मी सहित सेवा दिने योजना रहेको संस्थाका सञ्चालकहरूको भनाइ छ ।

एम्बुलेन्स खरिद अभियानमा १३ लाख ८० हजार सहयोग संकलन  भएको थियो । सोही रकमबाट एम्बुलेन्स खरिद गरिएको सपोर्ट सोसाइटी नेपालका सचिव दशरथ सिंह नायकले बताए । 

मेलौली क्षेत्रमा एम्बुलेन्स नहुँदा सर्वसाधारणहरूले सास्ती खेप्दै आएको कारण संस्थाले अभियान थालेको र अभियान थालेको छोटो समयमै राम्रो सहयोग प्राप्त भएपछि एम्बुलेन्स सेवा सञ्चालमा ल्याउन सफल भएको नायकले बताएका बताए ।

एम्बुलेन्स सञ्चालनमा आएपछि समस्यामा परेका नागरिकलाई समयमै अस्पताल पुग्न सजिलो हुने नायकको भनाइ छ । साथै चर्को शुल्क तिरेर पनि एम्बुलेन्स नपाइने प्रवृतिको अन्त्य हुनेमा विश्वस्त रहेको अभियन्ताहरूको भनाइ छ ।





  • प्रकाशित मिति : फागुन ८, २०७८ आइतबार २०:२५:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया