एमसिसी संसद्‌मा टेबल गर्ने विषयमा हाम्रो असहमति छ, तर यही कारणले गठबन्धन टुट्न हुँदैन : जनमोर्चा

राष्ट्रिय जनमोर्चाले मिलेनियम च्यालेन्ज कर्पोरे​सन (एमसिसी)लाई संसद्‌मा टेबल गर्ने विषयमा आफ्नो दलको असहमति रहेको जनाएको छ ।  सत्ता गठबन्धनमा आबद्ध सबै दलसँग सहमति नगरी एमसिसी संसदमा पेस गरिएको भन्दै जनमोर्चाले असहमति जनाएको हो ।

जनमोर्चाकी उपाध्यक्ष एवं प्रवक्ता दुर्गा पौडेलले विज्ञप्ति जारी गर्दै पाँच दलीय गठबन्धनमा उक्त प्रस्तावबारे सहमति नभएको र आफ्नो दलको असहमतिका कारण गठबन्धनका कतिपय बैठकमा जनमोर्चालाई सहभागी नगराइएको जनाएकी छिन् । 

जनमोर्चा एमसिसी पारित गर्ने कुराको विरुद्ध भएको जनाउँदै उनले भनेकी छिन्, ‘हाम्रो पार्टीलाई बैठकमा बोलाउँदा सर्वसमति हुन नसक्ने भएकाले मात्र होइन, त्यसलाई टेबल गर्ने कुराको समेत विरुद्ध भएकाले हाम्रो पार्टीलाई गठबन्धनका बैठकहरूबाट अलग राखिएको हुन सक्दछ ।’

अहिले एमसिसीको प्रश्नमा गठबन्धनमा तीव्र मतभेद देखापरेको, तर त्यो मतभेदका कारणले गठबन्धन टुट्न हुँदैन भन्ने जनमोर्चाको धारणा रहेको उनले उल्लेख गरेकी छिन् ।





  • प्रकाशित मिति : फागुन ८, २०७८ आइतबार २०:२८:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया