दिनभर : संसदमा एमसिसी पेस, विरोध जनाउँदै सडकमा उत्रिए जनता

प्रतिनिधिसभामा अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन(एमसीसी) सम्झौता पेस भएको छ ।

आइतबार बसेको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्रीको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकार र एमसीसीबीच भएको अनुदान सहायता सम्झौता प्रस्तुत गरेका हुन् ।

प्रतिनिधिसभामा प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)को अवरोध कायमै रहेको तथा सत्तारुढ दल नेकपा(माओवादी)केन्द्र र राष्ट्रिय जनमोर्चाको असहमतिका बाबजुद मन्त्री कार्कीले एमसिसी सम्झौता पेस गरे ।

आइतबारको बैठकमा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङ, नेकपा(एमाले)का सांसद भीम रावल, राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेल र नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले एमसिसी सम्झौतामा राष्ट्रहित विपरीतका प्रावधान राखिएकाले संसदमा पेस नगर्न आग्रह गरेका थिए ।

आइतबार बिहान बसेको सत्ता गठबन्धनको बैठकपछि एमसिसी आज संसदमा पेस गर्ने सहमति जुटेको थियो । सत्ता गठबन्धनका दलहरू नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टीले संसदमा पेस भए पनि एमसिसीलाई पारित गर्न नदिने बताएका छन् ।

त्यस्तै, एमसिसीको विरोधमा विभिन्न पार्टीका भ्रातृ संगठनहरूले आन्दोलन चर्काएका छन् । आज दिनभरजसो माइतीघर-बानेश्वर क्षेत्र तनावग्रस्त भयो ।



भीडलाई नियन्त्रण लिनका लागि प्रहरीले रबरका गोली, पानीको फोहरा र अश्रु ग्यास प्रहार गर्‍यो । पटक पटक आन्दोलनकारी र प्रहरीबीच धकेलाधकेलको अवस्था सिर्जना भयो ।

त्यस्तै, आक्रोशित आन्दोलनकारीले प्रहरीमाथि ढुंगा प्रहारसमेत गरेका थिए । यसक्रममा प्रहरीले दर्जन बढी आन्दोलनकारीलाई नियन्त्रणमा लिएको थियो भने केही प्रहरी र आन्दोलनकारी घाइते भएका थिए ।



आज दिनभर के-के भयो प्रमुख समाचारहरू

एमसिसी सकस : नेकपा समाजवादी लचक भएसँगै अप्ठ्याराेमा माओवादी, के हुन्छ आज ?

सत्तारुढ गठबन्धनको बैठकः एमसिसी टेबल गर्ने सहमति

नारायणकाजी श्रेष्ठ भन्छन्- एमसिसी टेबल गर्ने सहमतिबारे पार्टीमा सल्लाह भएको छैन

एमसिसी संसदमा टेबल गर्ने निर्णयप्रति झलनाथ खनालकाे आपत्ति

चित्रबहादुर केसीकाे गुनासाे- हामीलाई गठबन्धन बैठकमा बोलाउनै छाडे

खनाल र श्रेष्ठलाई सत्तारूढ बैठकमा डाकिएन

एमसिसी विवाद : देउवाले छाडेनन् अडान, प्रचण्डले राखे समितिमा लैजाने प्रस्ताव

एमसिसी टेबल गर्ने निर्णयले झलनाथ खनाल आश्चर्यचकित !

कार्यव्यवस्था समिति बैठक : एमसिसी टेबुल गर्ने निर्णयमा माओवादी प्रमुख सचेतकसहित तीन नेताको असहमति

नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त, एमसिसीको विरोध उत्रिएकामाथि पानीको फोहरा

माओवादीले भन्यो : एमसिसी सम्झौता टेबल गर्ने कुरामा हाम्रो ध्यानाकर्षण छ

एमसिसी संसदमा टेबल गर्नु गैरजिम्मेवार विषय : भीम रावल

एमालेको नाराबाजीबीच संसदमा टेबल भयो एमसिसी

एमसीसी टाइमलाइनः कहिले के भयो ?

रामकुमारी झाँक्रीकाे दाबी- एमसिसीकै कारण पार्टी फुट्दैन

डबल स्टान्टर्ड छाडौं, एमसिसीको पक्ष-विपक्ष खुलौं : गगन थापा

प्रधानमन्त्री देउवा भन्छन् - अब एमसिसी पास हुन्छ

एमसिसी टेबल गर्दै सरकारले भन्यो- ५० लाख घरधुरी लाभान्वित हुनेछन् (पूर्णपाठ)

अमेरिका र चीनलाई नेपालको जवाफ : सहायता चाहिन्छ भन्ने निर्णय सार्वभौम संसदले मात्रै गर्छ

एमालेले नाराबाजी गरिरहँदा भीम रावललाई सभामुखले बोल्न समय दिएपछि...

एमसिसी समयमै संसदमा नल्याउँदा अहिलेको अवस्था बन्यो : ओली

एमसिसी प्रतिनिधिसभा बैठकमा पेस भएपछि कुन नेताले के भने ?

एमसिसी प्रतिनिधिसभामा पेस भएको घटनाप्रति माओवादीको गम्भीर आपत्ति

संसदमा एमसिसी टेबलपछि नारायणकाजीले भने - निर्णयार्थ पेस हुनुअघि नै सरकारबाट बाहिरिन्छौँ

  • प्रकाशित मिति : फागुन ८, २०७८ आइतबार २१:४८:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया