प्रिमियर लिग : लिड्समाथि युनाइटेडको सहज जित

इंग्लिस प्रिमियरमा म्यानचेस्टर युनाइटेडले लिड्स युनाइटेडमाथि ४–२ को जित हात पारेको छ । गएराति लिड्सको मैदान इलान्ड रोडमा भएको खेलमा ह्यारी मग्वाएरले युनाइटेडलाई अग्रता दिलाए । उनले खेलको ३४ औं मिनेटमा गोल गरेका थिए ।

पहिलो हाफको थप गरिएको समयमा ब्रुनो फर्नान्डेजले गोल गर्दै पाहुना टोलीलाई २–० ले अघि बढाए । ५३ औं मिनेटमा रोड्रिगो मोरेनोले गोल गर्दै लिड्सलाई २–१ को स्थितिमा ल्याए ।

५४ औं मिनेटमा राफिन्हाको गोलमा खेल २–२ को बराबरीमा आयो । ७० औं मिनेटमा फ्रेडले गोल गर्दा युनाइटेडले ३–२ को अग्रता लियो । ८८ औं मिनेटमा एन्थोनी इलान्गाले गोल गर्दै टोलीलाई ४–२ को सहज जित दिलाए ।

यो जितसँगै २६ खेलमा ४६ अंकका साथ युनाइटेड चौथो तथा पराजित लिड्स २४ खेलबाट २३ अंक जोडेर १५ औं स्थानमा यथावत छन् । लिगअन्तर्गत नै भएको अर्को खेलमा उल्भ्सले लेस्टर सिटीमाथि २–१ को जित हात पार्‍यो । 





  • प्रकाशित मिति : फागुन ९, २०७८ साेमबार ६:४९:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया