काेराेना भाइरसबाट विश्वभर ५८ लाख ८६ हजारकाे मृत्यु
फरकधार / ९ फागुन, २०७८

कोरोना भाइरसको सन्त्रास सारा संसारभर व्याप्त छ । सन् २०१९ को डिसेम्बरमा चीनको वुहानबाट फैलिएको भाइरसका अनेकन भेरियन्ट देखा परेका छन् । 



जोन्स होप्किन्स युनिभर्सिटीका अनुसार हालसम्म विश्वभर ५८ लाख ८६ हजार ८३४ जना संक्रमितले ज्यान गुमाइसकेका छन् भने ४२ करोड ४२ लाख ७८ हजार ४७६ जनामा संक्रमण पुष्टि भइसकेको छ । 

भाइरसबाट सबैभन्दा धेरै प्रभावित मुलुक हो-अमेरिका । अमेरिकामा हालसम्म ९ लाख ३५ हजार ३३५ जना संक्रमितले ज्यान गुमाइसकेका छन् । 
अमेरिकापछि ब्राजिलमा ज्यान गुमाउनेको संख्या धेरै छ । ब्राजिलमा हालसम्म ६ लाख ४४ हजार ५९२ जनाले ज्यान गुमाइसकेका छन् । 



छिमेकी मुलुक भारत संक्रमितका हिसाबले विश्वको दोस्रो र मृत्युका हिसाबले तेस्रो स्थानमा छ । भारतमा हालसम्म ५ लाख १२ हजार १०९ जना संक्रमितले ज्यान गुमाइसकेका छन् । 



यसैगरी मेक्सिकोमा ३ लाख १५ हजार ५२५, पेरुमा २ लाख ९ हजार ४६८, रुसमा ३ लाख ३८ हजार ५९५, बेलायतमा १ लाख ६१ हजार १४८, इटालीमा १ लाख ५२ हजार ९८९ र कोलम्बियामा १ लाख ३८ हजार १०६ जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।

  • प्रकाशित मिति : फागुन ९, २०७८ साेमबार १२:१६:२९,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया