भारत विहारका पूर्व मुख्यमन्त्री तथा राष्ट्रिय जनता दलका नेता लालु यादवलाई ५ वर्ष जेल सजाय हुने भएकाे छ ।
विशेष अदालतले सोमबार यादवलाई पाँचौं चारा घोटला कान्डमा जेल सजाय दिएकाे हाे । अदालतले यादवलाई ६० लाख भारु जरिवानासमेत तोकेको छ ।
लालुलाई अदालतले १५ जनवरीमा दोषी ठहर गरेको थियो । सो कान्डमा तानिएका ९९ जनामध्ये २४ जनालाई अदालतले सफाइ दिएको दिएको थियो । त्यस्तै, ४६ दोषीलाई तीन वर्ष जेल सजाँय सुनाइएको थियो ।
यसअघि चारवटै चारा घोटला कान्डमा उनी दोषी ठहर भएका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।