प्रदेश सरकारको लगानीमा हेटौंडामा पाउडर प्लान्ट निर्माण हुँदै

बागमती प्रदेशको राजधानी हेटौंडामा ४१ करोड रुपैयाँभन्दा बढी रुपैयाँ खर्चिएर प्रदेश सरकारको लगानीमा पाउडर दूध उत्पादन गर्ने कारखाना धमाधम निर्माण भइरहेको छ ।

गत वर्षको पुस १ गते ठेक्का सम्झौता गरिएको उक्त पाउडर दूध कारखानामा अहिले भवन निर्माणको कार्य भइरहेको हो ।

एक वर्षभित्र सम्पन्न गर्नेगरी इजी इन्फ्रा प्रालिसँग ४१ करोड २२ लाख ७१ हजार रुपैयाँमा ठेक्का सम्झौता गरिएको पाउडर प्लान्ट निर्माणको कार्य अझै निर्माणाधीन अवस्थामा रहेको छ ।

कोरोना प्रभावका कारण तोकिएको समयमा काम नसकिएको इजी इन्फ्रा प्रालिले जनाएको छ ।

चालु आर्थिक वर्षको असार महिनासम्ममा पाउडर प्लान्ट निर्माणको काम सक्नेगरी काम भइरहेको प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डाक्टर शरण कुमार पाण्डेले बताए ।

संघीय सरकारको निर्णयअनुसार हाल डिडिसीको पशुदाना कारखानाभित्र प्लान्ट स्थापना जारी राखिएको हो । डिडिसीले लिएको ८ बिघामध्ये २ बिघामा दुग्ध पाउडर प्लान्ट स्थापना गर्ने काम भइरहेको हो ।



संघीय कृषि मन्त्रालय मातहत रहेको जग्गा डिडिसीले २५ वर्षका लागि लिजमा लिएको थियो । त्यसमध्ये २ बिघा बोर्डले लिएको हो । कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तरगतको दुग्ध विकास बोर्डको लगानीमा पाउडर प्लान्ट निर्माण भइरहेको हो । 

पाउडर दूध उद्योगको पहिलो चरणमा कम्पाउण्ड लगाउने काम सकेर भवन निर्माण र प्लान्ट जडान गर्नका लागि आवश्यक पूर्वाधार निर्माणको काम भइरहेको छ ।



प्लान्टले प्रदेशसँगै चार प्रदेशका किसानले उत्पादन गरेको दूध पाउडर बनाउन सहज हुनेछ । मन्त्रालयका अनुसार धुलो दूध उत्पादन गर्ने कार्य प्रारम्भ भएपछि करिब ८० जनाले रोजगारी पाउनेछन् । 

उत्पादित धुलो दूध प्याकिङ दैनिक ५ मेट्रिक टन सातवटै प्रदेशका स्थानीय बजार, होटल र सर्वसाधारण उपभोक्तालाई सहज ढंगबाट वितरण गर्ने कार्यतालिकासहित यातायातको सुविधा उपलब्ध गराइने मन्त्रालयले जनाएको छ ।

प्लान्टबाट प्रदेश-२ का बारा, पर्सा, रौतहट र बागमती प्रदेशको चितवन र मकवानपुरका करिब २२ हजार कृषक परिवारको दैनिक ६० हजार लिटर दूध खरिद गरी दैनिक पाँच मेट्रिक टन धुलो दूध उत्पादन र प्याकिङ गर्ने लक्ष्य रहेको प्रदेश दुग्ध बोर्डले जनाएको छ ।

  • प्रकाशित मिति : फागुन ९, २०७८ साेमबार १६:५४:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया