एलपिएल प्रतियोगिता–६ : शारदा सरस्वती र हिमालयन ह्वाइट हाउस विजयी

लिटल फ्लावर प्रिमियर लिग–६ (एलपिएल) प्रतियोगितामा शारदा सरस्वती कञ्चनपुर र हिमालयन ह्वाइट हाउस स्कुल काठमाडौं विजयी भएका छन् ।
 
सोमबार भएको पहिले खेलमा एभरेस्ट एकेडेमी अत्तरियालाई ३३ रनले पराजित गर्दै कञ्चनपुरको शारदा सरस्वती दोधारा पहिलो जित निकाल्न सफल भयो । टस हारेर ब्याटिङको निम्तो पाएको शारदाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ३३ रन बनायो । जवाफी ब्याटिङ थालेको एभरेस्ट एकेडेमीले १९.३ ओभरमा आफ्ना सबै विकेट गुमाएर १ सय रन मात्रै बनाउन सक्यो । 

एभरेस्टका लागि योगेश भाटले २७ र सन्दीप विष्टले १९ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानको प्रदर्शन राम्रो हुन सकेन । बलिङतर्फ शारदाका अर्जुनसिंह साउदले ४ ओभर बलिङ गर्दै १४ रन दिएर महत्त्वपूर्ण ४ विकेट लिए । उसका मिलन बोहराले २, विकास सुनार, हेमन्त धामी र राजेश साउदले समान १–१ विकेट लिए । 

यसअघि शारदाका लागि हेमन्त धामीले २५ बलमा २ छक्का र ३ चौकासहित अविजित ३८ रनको पारी खेल्दा अनुराग सिंह २२ बलमा २३ रन बनाएर आउट भए । गणेश बिटालु र मिलन बोहराले टिमका लागि समान १४ र सुनिल चन्दले १३ रन बनाए । 

बलिङतर्फ एभरेस्टका कृश ऐरले ४ ओभरमा ३ महत्वपूर्ण विकेट लिँदै ११ रन दिए । आकाश चन्द र धर्म जोशीले समान २–२ विकेट लिँदा गोविन्द विष्ट र मुकेश ओझा १–१ विकेट लिन सफल भए । खेलको प्लेयर अफ दी म्याच हेमन्त धामी घोषित भए । सर्वाधिक छक्काको अवार्ड हेमन्तलेनै पाउँदा गेमचेन्जर अवार्ड अर्जुन सिंह साउदले पाए । 

दोस्रो खेलमा हिमालयन ह्वाइट हाउस स्कुलले लगातार तेस्रो जित दर्ता गरेको छ । सैनिक आवासीय महाविद्यालय तेघरीलाई ९२ रनले पराजित गर्दै हिमालयनले शानदार जित दर्ता गरेको हो । 

टस हारेर ब्याटिङको निम्तो पाएको हिमालयन ह्वाइट हाउस स्कुलले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २ सय ६ रनको विशाल योगफल तयार पार्यो । २ सय ७ रनको विजयी लक्ष्यसहित मैदान उत्रिएको सैनिकले १५.३ ओभरमा आफ्ना सबै विकेट गुमाएर १ सय १४ रन मात्रै बनाउन सक्यो । सैनिकका लागि सुरुवाती ब्याट्सम्यान खडक बोहरा र प्रज्वल थापाले ३.४ ओभरमै ३८ रनको साझेदारी गर्दै राम्रो सुरुवाती दिलाएका थिए । त्यसपछि सम्हालिन नसकेको सैनिकका ब्याट्सम्यानको प्रदर्शनले लगातार तेस्रो हार ब्यहोर्नुपर्यो । 



उसका लागि प्रज्वल थापाले ३६, खडक बोहराले २२, कमलेश विष्टले १३ र सागर चन्दले ११ रन मात्रै बनाउन सके । 

बलिङतर्फ हिमालयनका दीपक बोहरा (जुनियर)ले ४ ओभर बलिङ गर्दै १ मेडनसहित २० रन दिएर महत्त्वपूर्ण ५ विकेट लिए । अनुप कुँवरले ४ र सन्दीप शाहीले १ विकेट लिए । 



यसअघि हिमालयनका लागि कप्तान नारायण जोशीले ११ छक्का र ४ चौकाको मद्दतले ३२ बलमै ९२ रनको उत्कृष्ट पारी खेले । उनलाई इनिङको अन्तिम ओभरमा कमलेस विष्टले बोल्ड आउट गरेका थिए । हिमालयनका वसन्त सिंह कार्कीले २९ बलमा ४७, लक्की कडायत र एमएस थापाले समान १६–१६, दीपक बोहराले १२ रन बनाएर आउट हुँदा रजत तिमिल्सिना १० रनमा नट आउट रहे । 

बलिङतर्फ सैनिकका गौतम केसीले २, कमलेश विष्ट, शैलेश बम, सागर चन्द, खडक बोहरा र आकाश चन्दले समान १–१ विकेट लिए ।

  • प्रकाशित मिति : फागुन ९, २०७८ साेमबार १८:४१:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया