क्यानडाविरुद्ध नेपालको जित (फोटो फिचर)

समूह चरणको अन्तिम खेलमा क्यानडालाई आठ विकेटले पराजित गर्दै नेपाल आइसिसी टी–२० विश्वकपको ग्लोबल छनोटको सेमिफाइनलमा पुगेको छ ।

समूह ‘बी’ को विजेताको हैसियतमा अन्तिम चारमा पुगेको नेपालले सेमिफाइनलमा समूह ‘ए’ को उपविजेता संयुक्त अरब इमिरेट्स (युएई)को सामना गर्नेछ । सेमिफाइनलमा युएईलाई पराजित गरे नेपाल दोस्रो पटक टी–२० विश्वकपमा छनोट हुनेछ ।

यसअघि नेपालले पहिलोपटक सन् २०१४ मा बंगलादेशमा भएको टी–२० विश्वकप खेलेको थियो ।

छनोटको पहिलो खेलमा नेपालले शुक्रबार घरेलु टोली ओमानलाई ३९ रनले र दोस्रो खेलमा फिलिपिन्सलाई एक सय ३८ रनले पराजित गरेको थियो ।





 

 

 

  • प्रकाशित मिति : फागुन ९, २०७८ साेमबार २०:३३:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया