स्थानीय तहको निर्वाचन घोषणाविरुद्धको रिटमा आज प्रारम्भिक सुनुवाइ

स्थानीय तहको निर्वाचनको घोषणाविरुद्ध दर्ता भएको रिटमा आज सर्वोच्च अदालतमा प्रारम्भिक सुनुवाइ हुँदैछ ।

सरकारले ३० वैशाखमा एकसाथ ७५३ वटै स्थानीय तहको चुनाव घोषणा गरे पनि ०७४ मा दोस्रो र तेस्रो चरणमा निर्वाचन भएका स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल पाँच वर्ष नपुग्ने भन्दै रिट दायर भएको थियो । 

महोत्तरीको भँगाहा नगपालिका मेयर सञ्जीवकुमार साहले दायर गरेको रिटमा पहिलो पेसी आजलाई तोकिएको छ ।

सर्वोच्च अदालत प्रशासनले सुरुमा उनको रिट दर्ता गर्न अस्वीकार (दरपीठ) गरेको थियो । पछि तर इजलासको आदेशबाट रिट दर्ता भएको हो ।

०७४ मा स्थानीय तहको निर्वाचन तीन चरणमा भएको थियो । तर, यो पटक ७५३ वटै स्थानीय तहको निर्वाचन एक पटक गर्न लागिएको हो । 





  • प्रकाशित मिति : फागुन १०, २०७८ मंगलबार १०:३७:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया