ए डिभिजन लिग: पुलिस र एपिएफले अंक बाँडे

सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत मंगलबारकाे विभागीय डर्बीमा नेपाल पुलिस क्लब र एपिएफ फुटबल क्लबले बराबरी खेलेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुवै टाेलीले १-१ गाेलकाे बराबरीमा राेकिएका हुन् । सुरूवाती अग्रता जाेगाउन नसक्दा पुलिस अंक बाँड्न बाध्य बन्याे ।

खेल सुरू भएकाे २५ सेकेन्डमै सुमन लामाले गाेल गर्दै पुलिसलाई सुरूवाती अग्रता दिलाएका थिए ।

४१ औं मिनेटमा प्रदिप लामाले एपिएफलाई १-१ काे बराबरीमा ल्याए । 

याे नतिजासँगै १२ खेलबाट १५ अंक जाेडेकाे एपिएफ आठाैं तथा समान खेलबाट १२ अंकका साथ पुलिस ११ औं  स्थानमा यथावत छन् ।





  • प्रकाशित मिति : फागुन १०, २०७८ मंगलबार १५:०:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया