आईसिसी पुरूष टी-२० विश्वकप ग्लाेबल छनाेटमा युएईले नेपालसमक्ष १७६ रनकाे बलियाे लक्ष्य प्रस्तुत गरेकाे छ ।
ओमानकाे अल अमरेत क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ राेजेकाे युएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७५ रन बनायाे ।
युएईका लागि माेहम्मद वासिमले ७० रनकाे उत्कृष्ट पारी खेले । ४८ बलकाे सामना गरेका उनले समान चार चाैका र छक्का प्रहार गरे ।
वृत्य अरविन्दले २३ बलमा पाँच चाैका र तीन छक्कासहित ४६ रन बनाए । महम्मद उस्मानले १७ रन जाेडे ।
तेस्रो विकेटका लागि वासिम र अरविन्दले ६६ तथा चाैथाे विकेटका लागि वासिम र उस्मानले ६४ रनकाे साझेदारी गरेपछि युएईले बिलयाे याेगफल तयार पारेकाे थियाे ।
नेपालका लागि जितेन्द्र मुखिया र अविनाश बाेहराले समान तीन तथा कप्तान सन्दिप लामिछानेले एक विकेट हात पारे ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0