युएईसँग पराजित नेपालको  विश्वकप खेल्ने सपना अधुरै
फरकधार / १० फागुन, २०७८

आइसिसी पुरुष टी–२० विश्वकप ग्लोबल छनोट ए अन्तर्गतको सेमिफाइनलमा नेपाल युएईसँग ६८ रनले पराजित भएको छ ।



यो पराजयसँगै नेपालको दोस्रोपटक टी–२० विश्वकप खेल्ने सपना अधुरै रहँदा जित हात पारेको युएईले भने विश्वकपमा स्थान पक्का गरेको छ ।

१७५ रनको लक्ष्य पछ्याएको नेपालले १८.४ ओभरमा सबै विकेट गुमाउँदै १०७ रन मात्र बनाउन सक्यो ।



नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ३८ रनको योगदान दिए । ज्ञानेन्द्र मल्लले २० र आरिफ शेखले ११ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।



युएईका लागि अहमद राजाले पाँच, जुनैद सिद्दिकीले तीन तथा जाहोर खान र रोहन मुस्ताफाले एक–एक विकेट लिए । 

यसअघि ओमानको अल अमरेत क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ रोजेको युएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७५ रन बनाएको थियो।

युएईका लागि मोहम्मद वासिमले ७० रनको उत्कृष्ट पारी खेले । ४८ बलको सामना गरेका उनले समान चार चौका र छक्का प्रहार गरे ।

वृत्य अरविन्दले २३ बलमा पाँच चौका र तीन छक्कासहित ४६ रन बनाए । महम्मद उस्मानले १७ रन जोडे ।

तेस्रो विकेटका लागि वासिम र अरविन्दले ६६ तथा चौथो विकेटका लागि वासिम र उस्मानले ६४ रनको साझेदारी गरेपछि युएईले बलियो योगफल तयार पारेको थियो ।

नेपालका लागि जितेन्द्र मुखिया र अविनाश बोहराले समान तीन तथा कप्तान सन्दीप लामिछानेले एक विकेट हात पारे ।

नेपाल समूह ए को विजेता तथा युएई समूह बीको उपविजेताका रूपमा सेमिफाइनल पुगेका थिए ।

  • प्रकाशित मिति : फागुन १०, २०७८ मंगलबार १९:२:०,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया