देउवा-ओली वार्तामा मिसिए पोखरेल र पौडेल

प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेट चलिरहँदा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपमहासचिव विष्णु पौडेल पनि बालुवाटार पुगेका छन् ।

प्रधानमन्त्री देउवालाई भेट्न पहिले अध्यक्ष पुगेरको र त्यसको केही समयपछि पोखरेल र पौडेल मिसिएको स्रोतको भनाइ छ । अमेरिकी सहयोग परियोजना एमसिसी संसदमा टेबल भएपछि उनीहरूबीच पहिलो पटक भेट भएको हो । 

एमसिसीको विषयलाई लिएर सत्ता गठबन्धनभित्र एकमत हुन नसकेको बेला ओलीसहितका नेता बालुवाटार पुग्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ । 

सत्ता साझेदार दल माओवादी केन्द्र र एकीकृत समाजवादीले एमसिसी पास गर्न सहमति नदिने भएपछि प्रधानमन्त्री देउवाले प्रतिपक्षी एमालेसँग संवाद बढाएका छन् । एमसिसी संसदमा टेबुल गर्नुअघि पनि देउवा आफैँ बालकोट पुगेर ओलीलाई भेटेका थिए ।

एमसिसीको पक्ष वा विपक्षमा एमालेले अहिलेसम्म केही बोलेको छैन । एमसिसी टेबल हुँदा पनि एमालेले संसदमा नाराबाजी जारी राखेको थियो । 
 





  • प्रकाशित मिति : फागुन १०, २०७८ मंगलबार २०:१०:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया