दीपक र सूर्यकुमारले श्रीलंकाविरुद्धको टि-२० सिरिज गुमाउने

भारतीय क्रिकेट टोलीका तीव्रगति बलर दिपक चहर तथा ब्याटर सूर्यकुमार यादवले श्रीलंकाविरुद्धको टि-२० अन्तर्राष्ट्रिय सिरिज गुमाउने भएका छन् ।

घरेलु टोली भारत र श्रीलंकाबीच तीन खेलको सिरिज बिहीबारबाट सुरु हुँदैछ । घाइते भएपछि चहर र यादवले सिरिज गुमाउन पक्का भएको बिसीसिआईले जानकारी दिएको हो । 

उनीहरू वेस्ट इन्डिजविरुद्धको टि-२० सिरिज अन्तर्गत तेस्रो तथा अन्तिम खेलमा घाइते भएका थिए। तर, उनीहरूको स्थानमा अन्य खेलाडीलाई भने नल्याइने बिसीसिआईले जनाएको छ ।

वेस्ट इन्डिजविरुद्ध यादवले ३१ बलमा ६५ रनको उत्कृष्ट पारी खेल्दा भने चहरले १.५ ओभर बलिङ गर्दा १५ रन खर्चिएर २ विकेट हात पारेका थिए ।

यो खेलमा १७ रनको जित हात पार्दै घरेलु टोली भारतले सिरिजमा क्लिन स्विप राखेको थियो । 





  • प्रकाशित मिति : फागुन ११, २०७८ बुधबार १५:३:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया