संसदको कार्यसूची : एमसिसीमा सामान्य छलफल गर्न अर्थमन्त्रीले प्रस्ताव गर्ने

संघीय संसद सचिवालयले भोलि बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको छ । भोलि बस्ने प्रतिनिधिसभा बैठकका लागि सम्भावित दुईवटा कार्यसूची तय भएका छन् ।

पहिलो सूचीमा कानुनमन्त्री दिलेन्द्र बडूले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेस गर्ने रहेको छ भने दोस्रो सूचीमा एमसिसीमाथि सामान्य छलफल गर्ने कार्यसूची छ । एमसिसीमाथि अर्थमन्त्री जनार्दन शर्माले सामान्य छलफलका लागि संसद बैठकमा प्रस्ताव गर्ने कार्यसूची रहेको छ । 

सरकारले आइतबारको प्रतिनिधिसभाको बैठकमा एमसिसी पेस गरेको थियो । आइतबार अर्थमन्त्री शर्माले एमसिसी संसदमा पेस गर्ने कार्यसूची रहेको भए तापनि उनका तर्फबाट सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संसदमा टेबुल गरेका थिए ।

प्रधानमन्त्री शेरबहादुर देउवाले एमसिसीलाई संसदबाट अनुमोदनको प्रयास गरिरहेका छन् । यता सत्ता घटक दल नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी प्रधानमन्त्री विपक्षमा उभिएका छन् ।





  • प्रकाशित मिति : फागुन ११, २०७८ बुधबार १६:४:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया