ललितपुर मेयर च्याम्पियनसिप : लुम्बिनीको रोमाञ्चक जित

ललितपुर मेयर महिला टी–२० च्याम्पियनसिपमा लुम्बिनी प्रदेशले विजयी सुरुवात गरेको छ ।

लुम्बिनीले बुधबारको दोस्रो खेलमा ललितपुर मेयर–११ माथि २ रनको रोमाञ्चक जित हात पारेको हो । ९५ रनको लक्ष्य पछ्याएको ललितपुरले २० ओरभ नै ब्याटिङ गरे पनि ९ विकेट गुमाउँदै ९२ रन मात्र बनाउन सक्यो । 

ललितपुरका लागि कञ्चन श्रेष्ठले सर्वाधिक २२ रनको योगदान दिइन् । अस्मिना कर्माचार्यले २०, साना प्रविनले १२ तथा समुन खतिवडाले ११ रनको योगदन दिँदा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।  

लुम्बिनीका लागि नेरी थापाले चार, कीर्तिका मरासिनीले तीन तथा सुस्मिता भुषालले दुई विकेट हात पारे । 

यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको लुम्बिनीले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै ९४ रन बनाएको थियो ।
लुम्बिनीका लागि कप्तान सरस्वती जिएमले सर्वाधिक ३१ रनको योगदान दिइन् । सरस्वती पुन २० रनमा अविजित रहँदा नेरी थापाले १५ रन बनाइन् ।

ललितपुरका लागि सुमन खतिवडाले तीन तथा शिला क्षेत्रीले एक विकेट हात पारे । 



यो जितसँगै सुखद् सुरुवात गरेको लुम्बिनीले दुई अंक जोड्दा लगातार दोस्रो पराजय बेहोरेको ललितपुर अंकविहीन छ । ललितपुरले सुदूरपश्चिम प्रदेशसँगको पहिलो खेल ५८ रनले गुमाएको थियो । 



  • प्रकाशित मिति : फागुन ११, २०७८ बुधबार १६:१९:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया