पछिल्लो २४ घण्टाको अवधिमा ३१२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाँच हजार १०३ जनाको पिसीआर परीक्षण गर्दा २५६ जना र तीन हजार ५९० जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ५६ जनाको रिपोर्ट पोजिटिभ आएको हो ।
त्यस्तै सोही अवधिमा ९११ जना संक्रमणमुक्त भएका छन् भने दुई जनाको मृत्यु भएको छ । हाल देशभर १० हजार ९० जना सक्रिय संक्रमित रहेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।