लोसपामा एमसिसीबारे निर्णय गर्ने अधिकार अध्यक्ष ठाकुरलाई

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले अमेरिकी सहयोग अनुदान सहायता सम्झौता (एमसिसी)बारे निर्णय गर्ने अधिकार पार्टी अध्यक्ष महन्थ ठाकुरलाई दिएको छ । 

पार्टी कार्यालय बबरमहलमा बुधबार बसेको संसदीय दलको बैठकले उक्त निर्णय गरेको हो । बैठकमा एमसिसी सम्झौता सदनमा प्रवेश पाएपछि देशमा उत्पन्न घटनाक्रमबारे छलफल भएको थियो । 

बैठकले आफ्ना सांसदलाई संसदमा अनिवार्य उपस्थितिका लागि ह्विप जारी गर्ने निर्णय गरेको छ । लोसपा संसदीय दल १३ सदस्यीय छ ।

लोसपाले यसअघि एसिसीका पक्षमा वकालत गर्दै आएको छ । सो परियोजना नेपालको पूर्वाधार विकास र जनताको समृद्धिको पक्षमा रहेको लोसपाको ठहर छ ।  





  • प्रकाशित मिति : फागुन ११, २०७८ बुधबार २०:४३:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया