रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमाथि आक्रमण गर्ने रुसकाे कुनै याेजना नभएकाे बताएका छन् ।
पुटिनले आज(बिहीबार) बिहान टेलिभिजनमार्फत् देशकाे नाममा सम्बाेधन गर्दै यस्ताे बताएका हुन्।
विशेष सैन्य कारबाहीको घोषणा गर्दै पुटिनले युक्रेनका जनताले आफ्नो देश कसले चलाउने छनोट गर्न सक्ने बताएका छन् ।
राष्ट्रपति पुटिनले सम्बोधनकाे क्रममा न्याय र सत्य रुसको पक्षमा रहेको दाबी पनि गरे ।
उनले रुसविरुद्ध कसैले कारबाही गरेमा मस्कोले प्रतिक्रिया दिन ढिला नगर्ने चेतावनी समेत दिए।
राष्ट्रपति पुटिनले ‘सैन्य कारबाही’ घोषणा गरिसकेका छन् ।
उनले पूर्वी युक्रेनको युद्ध क्षेत्रमा खटिएका युक्रेनी सेनालाई हतियार बिसाएर आ-आफ्ना घर जान अनुरोध गरेका छन् ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्किीले आक्रमणले युरोपेली महाद्वीपमा ठूलो युद्धको सुरुवात हुन सक्ने बताएका छन्
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।